एसपी रिपोर्टर
काठमाणडौँ,२८ फागुन :
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेताहरूको भ्रष्टाचारका कारण गणतन्त्र बदनाम भएको टिप्पणी गरेका छन्। उनले दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भएको बताएका छन्।

फेसबुकमार्फत भिडियो अपिल जारी गर्दै साहले आउँदो २४ चैतमा काठमाडौँको भृकुटी मण्डपमा खबरदारी सभा र प्रदर्शन गर्न लागिएको जानकारी दिए। उनले शासनमा रहेका नेताहरूको कारण देशको अर्थतन्त्र डामाडोल भएको, भ्रष्टाचार चरम सीमामा पुगेको, कर र महँगीले जनतालाई थिचेको आरोप लगाए।

साहले जनताको शासनका लागि दलतन्त्रको अन्त्य आवश्यक” भन्दै तेस्रो जनआन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरे। आजपाले भ्रष्टाचार, कर आतङ्क, अनियमितता र सरकारले चलाएको मनोमानीविरुद्ध संघर्ष गर्दै आएको बताइएको छ।