एसपी रिपोर्टर
काठमाणडौं, फागुन २५ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल–भारत सम्बन्धको स्थान अरू कसैले लिन नसक्ने बताएका छन्।
राजस्थानको कार्यक्रममा उनले नेपालका लागि भारतको विकल्प नभएको र यो सम्बन्ध पुर्खादेखि स्थापित भएको उल्लेख गरे।उनले नेपाल–भारतबीच रोटी-बेटीको सम्बन्ध रहेको र यो सम्बन्ध कसैले खोस्न नसक्ने बताए। निजी भ्रमणका क्रममा भारत पुगेका यादव केही दिन त्यहीँ बस्ने र विभिन्न भेटघाट गर्ने बताइएको छ।
हालै नेपाली काँग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू पनि भारत भ्रमणमा गइसकेका छन्।


