एसपी रिपोर्टर
काठमाणडौं, फागुन २५ :
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार अपरान्ह पोखराबाट काठमाडौँ आइपुगेका छन्। त्रिभुवन विमानस्थल बाहिर उनका समर्थकहरूले नाराबाजी गर्दै स्वागत गरे।

राजावादी समूह दिउँसोदेखि नै विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थल पुगेका थिए। विमानस्थलको द्वारमा गाडीबाटै उभिएर पूर्वराजाले समर्थकहरूको अभिनन्दन स्वीकार गरे।