एसपी रिपोर्टर
काठमाणडौँ, फागुन २५ :
सीके राउत नेतृत्वको जनमत पार्टीले केन्द्रीय समितिको बैठक अघि अनुशासन समितिका संयोजक दीपक साह र कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट हटाएको छ।

अनुशासन समितिका संयोजक साह बर्दिबासमै भए पनि बैठकमा सहभागी हुन नपाएको गुनासो गरेका छन्। प्रवक्ता शरदसिंह यादवका अनुसार साहलाई एक साताअघि नै निलम्बन गरिएको थियो। कोषाध्यक्ष यादवलाई आर्थिक अनियमितता तथा पार्टी अध्यक्षलाई निर्वाचनमा हराउने भूमिका खेलेको आरोपमा हटाइएको हो।यता, निलम्बित यादवले आफू विदेशबाट रोजगारी छोडेर पार्टीका लागि फर्किएको बताउँदै अध्यक्ष राउतले आफ्नो इमेज खराब गराएको आरोप लगाएका छन्।

उनले सन् २०१० देखि पाँच करोड सहयोग गरेको दाबी गर्दै, पद अनुसारको भूमिका खोज्दा आफूलाई हटाइएको बताएका छन्।