एसपी रिपोर्टर
काठमाणडौँ, फागुन २५ :
आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्याण्ड आमनेसामने हुँदैछन्। खेल दिउँसो २:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ।

भारतले अस्ट्रेलियालाई र न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। सन् २००० मा भारतलाई हराएर च्याम्पियन्स ट्रफी जितेको न्युजिल्याण्ड २५ वर्षपछि इतिहास दोहोर्‍याउने प्रयासमा छ।भारतका लागि सन् २०१३ पछि पहिलो ओडिआई आईसीसी उपाधि जित्ने अवसर हुनेछ। दुवै टोली अहिलेसम्म आईसीसी च्याम्पियन्स ट्रफी र विश्वकपमा १३ पटक भिडेका छन्, जहाँ दुबै ६-६ खेल जितेका छन् भने एक खेल बराबरी भएको छ।

सम्भावित प्लेइङ ११:
भारत: रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रवीन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी, वरुण चक्रवर्ती।

न्युजिल्याण्ड: विल यंग, ​​रचिन रवीन्द्र, केन विलियमसन, टम लैथम (विकेटकीपर), डेरिल मिचेल, ग्लेन फिलिप्स, माइकल ब्रेसवेल, मिशेल सेंटनर (कप्तान), काइल जैमीसन, विलियम ओरोर्के, म्याट हेनरी।