एसपी रिपोर्टर
काठमाणडौं , फागुन २४ : सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई पदबाट निलम्बन गरेको छ।
पार्टीको केन्द्रीय अनुशासन समितिले विभिन्न चार बुँदे आरोप लगाउँदै उनलाई स्पष्टीकरण माग गर्दै निलम्बन गरेको हो। समितिको सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा यादवले पार्टी विधान-२०७५ को धारा ३९ का विभिन्न उपधारा उल्लंघन गरेको आरोप लगाइएको छ।
उनलाई सात दिनभित्र स्पष्टीकरण दिन आग्रह गर्दै कारबाही प्रक्रियासम्म राष्ट्रिय कोषाध्यक्ष पदबाट निलम्बन गरिएको जनमत पार्टीले जनाएको छ।


