एसपी रिपोर्टर
रौतहट , फागुन २४ : विभिन्न राजनीतिक दल परित्याग गर्दै ३०० भन्दा बढी व्यक्ति नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
हुलाकी मार्ग केन्द्रित “जनतासँग माओवादी – तराई मधेस जागरण अभियान” अन्तर्गत गढीमाई नगरपालिका-९, मलाहीटोलमा आयोजित कार्यक्रममा उनीहरू पार्टी प्रवेश गरेका हुन्।नवप्रवेशीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका थिए। माओवादी प्रवेश गर्नेहरूमा एमाले चन्द्रपुर नगर उपाध्यक्ष तथा तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, जसपाका केन्द्रीय सदस्य अरुण पासवान, कांग्रेसका बली सहनीसहित विभिन्न दलका नेता-कार्यकर्ता रहेका छन्।


