एसपी रिपोर्टर
वीरगन्ज , फागुन २४ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको छ।
शनिवार आयोजित प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका विभिन्न नेताहरूको सहभागिता रहेको थियो। राप्रपाले देशभर राजसंस्थाको पुनःस्थापनाका लागि अभियान सञ्चालन गरिरहेको जनाएको छ।





