एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २० : काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्यारापिट निर्माण कार्य सुरु गरिएको छ। मंगलबार पूजाआजा गरि निर्माण सामग्री तयारी गरिएको भने बुधबारदेखि पूर्णरूपमा काम अघि बढ्ने जनाइएको छ।
निर्माण कार्यमा संलग्न व्यक्तिहरूका अनुसार आगामी वैशाख अन्तिमसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आवश्यकतानुसार विभिन्न सिफ्ट बनाएर काम अघि बढाइने छ।
प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख रुपैयाँको बोलपत्र स्वीकृतभएको छ। प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।
त्यस्तै, फ्लडलाइट जडानको ठेक्का ललितपुरको विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको छ, तर फ्लडलाइट जडान कार्य भने सुरु हुन बाँकीछ।


