एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २० :
मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार यादव आज बिहान करिब ७ बजे आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका हुन्। घटनास्थलमा बान्ताको समेत चिन्ह भेटिएको छ।हाल मृत्युको कारण खुल्न सकेको छैन। शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको र पोष्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।