एसपी रिपोर्टर
जनकपुरधाम फागुन १८ :
महोत्तरीको भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुख सञ्जीवकुमार साहले स्वयं नगरपालिकामा तालाबन्दी गरेका छन्।

नगरप्रमुख साहसहित जनप्रतिनिधिहरूले तालाबन्दी गर्दै कार्यालयको साँचो महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएका छन्।गत माघ ९ गते समान्य प्रशासन मन्त्रालयले निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी खोसेपछि आठौँ तहका लेखा अधिकृत रामसागर यादवलाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी दिएको थियो। तर, फागुन ४ गते उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएपछि उनको जिम्मेवारी पनि हटाइयो। हालसम्म घिमिरे नगरपालिकामा नआएपछि नगरपालिकाको विकासे काम ठप्प भएको नगरप्रमुख साहले गुनासो गरेका छन्।

टेन्डर आह्वान गर्न नसकिएको र प्रशासकीय कामकाज अवरुद्ध भएको भन्दै नगरप्रमुख साहले बाध्य भएर तालाबन्दी गरेको बताएका छन्।