एसपी रिपोर्टर
धनुषा, फागुन १८:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसी लगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न माओवादीले सबैभन्दा बढी त्याग गरेको बताएका छन्।

धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाट कार्यक्रममा उनले हजारौं सहिदको बलिदानबिना मधेसी जनताको मुक्ति सम्भव नभएको उल्लेख गरे।उनले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, संघीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व, र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे। साथै, मधेसी मुक्तिको जिम्मा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे।