एसपी रिपोर्टर
काठमाणडौँ फागुन १७ :
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थानहरूमा अत्यधिक राजनीतिकरण हुँदा प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक संस्थाहरूलाई राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले तिनको मूल उद्देश्य नै विचलित भएको बताए।उनले भने, “नेपाल स्काउट, रेडक्रसजस्ता संस्थाहरूमा राजनीतिक हस्तक्षेप बढ्दा तिनको विकास प्रभावित भएको छ। यसबाट जोगाएर अघि बढ्न जरुरी छ।”

नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै निधिले युवाहरूले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने धारणा राखे।