एसपी रिपोर्टर                                                                                                                                                     काठमाडौं फागुन १७ : गृहमन्त्री रमेश लेखकले लागुऔषधमुक्त समाज निर्माणका लागि लागुऔषधविरुद्धको महाअभियानलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार काठमाडौंमा उपत्यका प्रहरी कार्यालयले सुरु गरेको लागुऔषधविरुद्धको महाअभियान उद्घाटन समारोहमा उनले लागुऔषध व्यक्ति, परिवार र समाजका लागि घातक बन्दै गएको बताए। ‘लागुऔषधले युवामा नकारात्मक असर पार्दै अपराध वृद्धि गरिरहेको छ, जसले समग्र समाजलाई नै खोक्रो बनाउने खतरा देखिएको छ,’ उनले भने।

गृहमन्त्री लेखकले तीनै तहका सरकारले यो अभियानलाई प्राथमिकता दिनुपर्ने बताए। साथै, उनले लागुऔषध नियन्त्रणका लागि अभियान विद्यालय तहसम्म विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे। ‘यदि अहिले नै नियन्त्रण गरिएन भने दश–पन्ध्र वर्षमा एउटा पुस्ता गम्भीर रूपमा प्रभावित हुनेछ,’ उनले चेतावनी दिए।