एसपी रिपोर्टर
बुटवल,फागुन १७ : रुपन्देहीमा एक युवकको हत्या भएको छ। मायादेवी गाउँपालिका-२ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको र शव रहेको स्थान रक्ताम्य अवस्थामा रहेकाले हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक लोध घरमा एक्लै बस्ने गरेको उनले जानकारी दिए।स्थानीयले बिहान ठूलो आवाज सुनिएको जानकारी गराएकाले लोधको गोली प्रहार गरी हत्या भएको हुनसक्ने डीएसपी कार्कीले आशंका व्यक्त गरेका छन्।
घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


