एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २८ : जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भोली शनिवार हुने निर्वाचनको पुर्व सन्ध्यामा अध्यक्ष पदका तिनजना सहित विभिन्न पदका उम्मेदवारहरु शक्ति प्रदर्शन गरेका छन् ।
अध्यक्षका प्रत्यासी मनिष रमण साहले ३ बजे माँ राजदेवी मन्दिरबाट, सुरेन्द्र भण्डारीले चारबजे रामचौक श्री गणेश मन्दिरबाट र जितेन्द्र प्रसाद साह रामचौकको राम युवा कमिटि माँ बौद्धी देवी मन्दिर प्राङ्गणबाट समर्थन रयाली निकालेका थिए ।
तिनैजना उम्मेदवारहरुको आ आफनै दावी र प्रचार प्रसार सहितको नारा थियो । रमणसंग कांग्रेस र भण्डारीसंग एमालेका नेता कार्यक्रताहरुको बाक्लो उपस्थिती थियो । रमणसंग उपाध्यक्षमा सर्वसम्मत भएका लक्ष्मण साह पनि रयालीमा संगै देखिए ।
हेर्नोस तस्वीरहरु










प्रस्तुत तस्वीरहरु भानुचौक देखि रामचौक सम्मको दुरीमा एसपीखवरसंग जम्का भेट भएका रयालीहरुको हो ।





