एसपी रिपोर्टर
जनकपुरधाम, पुष २५ : आम जनता पार्टी खोलेका संसदमा हाल स्वतन्त्र सांसद प्रभु साहले देशको समस्या समाधान गर्न आफनै किशिमले नयाँ बाटो रोज्नुपर्ने बताएका छन् । संसदको पहिलो बैठकमा बोल्दै साहले निर्वाचनमा मिश्रित परिणाम आएकाले मौलिक ढङ्गले नयाँ विकल्प लाग्ने गरि देशको नेतृत्व गर्नुपर्ने वेला आएको बताए ।
संसदमा नयाँ अनुहारहरुको आगमनले जनताको आशा र पुराना दलहरुको सुधारको प्रतिनिधित्व गरिरहेको उनको तर्क थियो । आर्थिक संकट, महङ्गाईको संकट झेलिरहेको देशमा बस्ने जनता भन्दा देश छोडने जनताको संख्या बढदै गएपनि नेतृत्व संवेदनशिल हुन नसक्नु दु:खद रहेको बताउदै उनले वर्तामान संकट समाधानका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
त्यस अगाडि बोलेका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले नेपालमा राजनिति व्यापारिकरण भएको बताएका छन् । नेपाल हुदा खाने र हुने खानेको देश बन्न नसकेको भन्दै उनदे यि दुई थरिको जनता देशबाट पलायन भइरहेको र बिचौलियाहरुको देश बन्दै गएको उनको तर्क छ । उनले भने, ‘अर्थ मन्त्रालय बिचौलियाको हातमा छ, पहिला देशमै बसेर चलाउथ्यो अहिले सिंगापुर र दुबईबाट चलाई रहेका छन ।’
उनले अहिले लोकतन्त्र होइन दल तन्त्र आएको कार्यक्रता पोस्ने काम मात्र भएको आरोप लगाएका छन् । सात प्रदेश बन्यो, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री बन्यो त्यसले जनतालाई के फाइदा भयो ? प्रश्न गर्दै उनले सात प्रदेशमा एक एक वटा बुढानिलकण्ठ जस्ता विद्यालय किन बन्न सकेन र किन सकिदैन ?



