एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर २० :
प्रत्यक्षतर्फ संसदमा सात सिटमा खुम्चिएका जनता समाजवादी पार्टी (जसपा) नेपालमा पुन: दुई विचारको द्वन्द्व सुरु भएको छ । अगामि राजनितिक तालमेल र यात्राका विषयमा पार्टीका दुई शिर्षनेता पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईको मत बाझिएको छ । पार्टी अध्यक्ष यादवले आइतवार विराटनगर विमानस्थलमा एमाले संगको सहयात्रा टुटेको बताएपछि राजनिति तरंगित बन्यो ।

उनको यस धारणालाई एमालेलाई छाडेर पनु: सत्तारुढ गठबन्धनसंग मिलेर अगाडि बढने रुपमा चर्चा गरियो । यादवलाई सत्ता र शक्तिका लागि जे पनि गर्न सक्ने पात्रका रुपमा चित्रण मात्र गरिएन अगामि सरकारमा जान सक्ने संकेतका रुपमा पनि उनको त्यो भनाईलाई विश्लेषण गरिएकै हो । तर उनको त्यो बोली नसेलाउदै पार्टीका वरिष्ठ नेता अशोक राय फरक मत राखेका छन् ।

उनले पार्टी अध्यक्ष यादवको सो अभिव्यक्ति नितान्त व्यक्तिगत रहेको दावी गरेका छन् । उनले भनेका छन, ‘पार्टी अध्यक्ष ज्यूकै हस्ताक्षर सहितको सहमतीमा एमाले संग सहकार्य गरेर अगाडि बढने सहमती भएको छ, सहकार्य तोडने विषयमा छलफल भएकै छैन, अनि ? ।’ उनले अव के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने र निर्णय गरेर मात्र पार्टीको आधिकारिक धारणा आउने बताए ।

स्थिर सरकार बनाएर देशलाई गति र जनतालाई विकास दिन तर्फ जसपा अगाडि बढने उनको तर्क छ । एता एसपी खवर संगको कुराकानीमा जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु कुमार यादवले एमाले संगको यात्रामा विराम लागेको भन्ने पार्टी अध्यक्ष यादवको तर्क पार्टीकै लाइन रहेको बताउछन् । यसले पनि जसपामा यादव पक्ष र राई समुहको बेग्ला बेग्लै लाइनलाई संकेत गर्दछ । उनले ठुला दलका नाताले कांग्रेसले सरकार बनाउन अग्रसर हुनपर्ने नसकेको खण्डमा एमालेले प्रयास गर्नुपर्ने बताए । यादव निर्वाचनमा सप्तरीबाट पराजित भएका छन भने राई सुनसरीबाट निर्वाचित भएका छन् ।

राईले एक मिडियामा दिएको अन्तरवार्ताको सहयोगमा