एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १२ : धनुषाको निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधीसभा सदस्यको निर्वाचन हरेक पटक पृथक हुने गर्दछ । यहाँ मुख्य त दुईजना बिच मात्र प्रतिस्पर्धा हुने गरेको पाइन्छ । मत परिणामले दुई मुख्य प्रतिस्पर्धी बाहेकका अन्य उम्मेदवारहरु खासै चर्चामा रहने गर्दैनन । तर यसपालिकाको निर्वाचनमा भने जनमत पार्टीका उम्मेदवार यहाँ पनि तेस्रो र सम्मानजन मत पाएका छन् ।
जनमत पार्टीका उम्मेदवार ई.शम्भुनाथ साह फरक क्षमताका भएपनि अथक र दिनरातको मेहनत गरि कुनै पनि उम्मेदवार भन्दा कम मेहनत गरेनन र उनले चर्चा कमाउने पृथक र सम्मानजनक मत ल्याएका छन् । निर्वाचित एमालेकी जुली कुमारी महतोले ३३ हजार ३८८ मत ल्याउँदा दोस्रो हुने उम्मेदवार लोसपाका अनिल कुमार झाले २३ हजार ६८६ मत ल्याएका छन भने साहले ७ हजार ३७४ मत ल्याएका छन् ।

पार्टीको अन्तराष्ट्रिय संगठन गैर आवासिय मधेशी संघको अध्यक्ष भएर काम गरिसकेका ई. साह कतार सहितका देशहरुमा श्रमिका रुपमा काम गर्ने नेपाली मधेशीहरुको हितमा धेरै कामहरु गरेका छन् ।
मधेशीलाई त्यहाँ गर्नुपर्ने सहयोग देखि कुनै कारणवस निधन हुँदा शव नेपाल पुरयाउने अभियान नै चलाएका उनलाई विदेशीका परिवारहरुले मत खसालेको बताइन्छ । उनको पार्टी र संगठनका आलावा गठबन्धनबाट असन्तुष्ट विभिन्न राजनितिक दलको मत समेत उनलाई परेको छ ।
ई. साहले आफु क्षेत्रवासीको जनताको सेवामा कुनै कसर वाँकी नराख्ने बताए । जितेकाले मात्र होइन म पनि सेवा गर्न सक्छु भन्दै उनले जनताले दिएको जनमतको कदर सम्मान गर्ने बताउछन् ।
उनले प्रतिनिधीसभामा केहि सिट मात्र जित्न सकेपनि आफनो पार्टी चर्चित नेता कुशल नेतृत्व अध्यक्ष डा. सिके राउतको नेतृत्वमा मधेशी र किसानको प्रतिनिधित्व गरि अगामि निर्वाचनमा देशकै पहिलो शक्ति बन्ने बताए ।





