एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले लोसपालाई राजनितिक दल जस्तो व्यवहार गर्नेसंग मात्र चुनावमा तालमेल हुने बताएका छन् ।
जनकपुरधाममा पार्टीको मधेश प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै अगामि मुख्यमन्त्रीका दाबेदार समेत रहेका नेता सोनलले लोसपालाई कमजोर आंकलन गरेर दयाको रुपमा व्यवहार गर्न खोज्ने संग कुनै पनि तालमेल नहुने बताए ।

प्रतिकुल परिस्थितीका बिच पनि लोसपा कसैको अगाडि झुकेर गत स्थानिय निर्वाचन पनि नलडेको र एक्लै लडेर देखाएको स्मरण गर्दै सोनलले सम्मानजनक व्यवहार र मधेशको शक्तिका रुपमा व्यवहार गर्ने पार्टी संग चुनावी तालमेल हुने बताए । उनले कुन जिल्लामा कुन सिटमा दावी गर्ने भन्ने विषयमा रिपोर्ट तयार गर्न जिल्ला अध्यक्षहरुलाई आग्रह समेत गरेका छन् ।

राष्ट्रिय पार्टीका रुपमा विद्यमान रहन साढे तिन लाख मत ल्याउनु पर्ने चुनौती रहेको भन्दै उनले तालमेलको मुख ताकेर नबस्न र आफनो वडा देखि क्षेत्र सम्ममा सक्रिय हुन नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन् ।





