एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ :
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफुले पत्रकारिताको क्रममा मधेशका समस्या प्रयाप्त रुपमा समेटन नसकेको स्वीकार गरेका छन् । जनकपुरधाममा पार्टीले आयोजना गरेको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘हो पत्रकारिताको दौरान मधेशलाई प्रयाप्त रुपमा समेटन सकिएको छैन, तर शिक्षा, स्वास्थ्य सहितका विषय सक्दो उठान गरेको छु ।’

https://www.facebook.com/Rastriyaswatantraparty/videos/1085568639021145

जनकपुरधामका आयोजना हुने लागेको उनको प्रदेश भेला सम्बन्धि एसपी खवरले बिश्लेषनात्मक लेख छापेको थियो । जस्मा उनले एउटा पत्रकारको नाताले मधेशका मुद्दाहरुमा चासो नदेखाएको साथै मधेशका अभियन्ताहरु उनी कहाँ पुग्दा प्राथमिकता, चासोका साथ मधेशका मुद्दा उठान नगरि दिएको अभियन्ताहरुको गुनासो र आरोप सहितको बिषय बस्तु समेटिएको थियो ।

रविले आफनो भाषणको सुरुमै जय सियारामको नारा सहित ति कुरा उठाएका छन् । उनले भने, ‘काठमाण्डौंको चिसोमा आन्दोलन गरेका उखुँ किसानहरु मधेशकै थिए मैले उठान गरेकै हो ।’ त्यती मात्र होइन मधेकको हकमा कमजोरी स्वीकार गरेको उनले अगाडि भने, ‘बाढीमा सप्तरी पुगेर आफै त्यहाँको समस्या देखाएको थिए ।’ उनले अधिकांश समय ति आरोपहरुको खण्डनमा खर्च गरेका थिए ।

लामिछाने निकट स्रोतका अनुसार एसपी खवरको त्यो लेख उनले गम्भिरता पुर्वक पढेका थिए । मधेशमा धेरैले त्यो लेख शेयर समेत गरेको छ । साथै लामिछानेले मधेशको विकासका लागि सबै भन्दा पहिलो शिक्षा र स्वास्थ्य त्यसपछि कृषि र रोजगारलाई प्राथमिकिकरणका साथ विकास आवश्यक रहेको बताए ।

सो भेलामा मधेशका कुनै पनि हस्ती मञ्चमा देखिएन भने युवा र अगुवाहरुको उपस्थिती थियो । जनकपुरधाम उद्योग बाणिज्य संघको राजर्षिजनक सभाहलमा राखिएको कुर्सीहरु भरेको देखिन्छ । खास गरि जनकपुरधामको स्थानिय भने न्युन देखिएको छ ।

हेर्नोस यसअघि एसपी खवर डटकममा छापिएको समाचार

मधेशमा सजिलो छैन शक्ति परिक्षण, भोली कस्तो होला रवि लामिछानेको मधेश भेला ? (spkhabar.com)