एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ : देशको संघिय राजधानी काठमाण्डौं सहित देशको विभिन्न क्षेत्रमा भेला गरिरहेको चर्चित पत्रकार रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको शनिवार मधेश प्रदेशको राजधानीमा शक्ति परिक्षण हुदैछ । देशको परिवर्तणहरुमा अहम भुमिका खेल्ने गरेको हालको मधेश प्रदेश राजनितिक हिसावले अति संवेदनशिल क्षेत्र हो ।
विगतमा भएका आन्दोलन, बन्द हडताल र सहादतले पनि मधेशको मुख्य मुद्दा र एजेन्डाहरु सम्बोधन नभएको अवस्थामा मधेशमा हुने नयाँ परिक्षण एक हिसावले फेल हुने गरेको छ । पहिलो दल र संगठनमा विश्वास गर्नु, दोस्रो राजनिति संग कुनै मतलव नराखि मात्र मतदान गर्नु, तेस्रो सबै राजनितिक दलमा गएर भोज खानु र रमाइलो गर्नु तथा चौथो टाढा बाटै सबैलाई हेर्नु यि चार समुहमा मधेशका जनताहरुविभाजित छन् ।
त्यस कारण पनि मधेशमा जम्मा भएका व्यक्ति सबै मेरै हुन भन्न बेठिक हुन्छ । पहाडी बाहुल्य क्षेत्रहरु जस्तै काठमाण्डौं, धरान, बुटवल, बर्दिवासमा गत स्थानिय निर्वाचनमा स्वतन्त्रहरुले बाजी मारेपनि मुल मधेशी बाहुल्य क्षेत्रमा खासै परिवर्तण र नयाँ शक्ति उदाएको देखिदैन । त्यस कारण पनि मधेश राजनितिक रुपमा अति संवेदनशिल छन् ।
राजनितिक परिवर्तणमा हरेक कालखण्डमा जनकपुरधाम र मधेशको हस्तक्षेपकारी भुमिका रहेपनि यहाँका जनकपुरधाम, राजविराज, सिरहा, जलेश्वर, मलंगवा, गौर, कलैया सहितको विकास हुन सक्नुले राज्यको विभेदी नीतिलाई स्पष्ट गर्दछ । विभिन्न शक्तिहरुको खेल्ने आखाडा मात्र बनेकाले मधेश पछाडि परेको भन्दै सुरक्षाका हिसावले पनि यहाँका मौन तर निर्णायक मतदाता कुनै पनि पक्षमा खुल्न मान्दैनन ।
एता मधेश प्रदेशका लागि भने लामिछानेले पत्रकारिताका क्रममा कुनै खासै सेन्टिमेन्ट आर्जन गर्न सक्ने काम गरेको देखिदैन । बरु कुनै कुनै घटना क्रममा मधेशीलाई होच्याउने र मधेशको मुद्दा कम उठान गर्ने आरोप उनी माथी छ । मधेशका केहि अभियन्ताहरु समस्या लिएर जाँदा उनले चासो नदेखाएको भन्दै समाजिक सञ्जालमा गुनासो सहतको चर्चा पनि भएको थियो ।
यस्तो अवस्थामा पृथक शक्तिको रुपमा चर्चा कमाइरहेको लामिछानेको पार्टीको शनिवारको मधेश भेलामा हुने सहभागिता पछि मात्र केहि बिश्लेषण गर्न सकिने छ । लामिछाने एक कुशल पत्रकारको रुपमा चर्चा कमाएपनि मधेशमा हुने उनको गतिविधीहरुले सञ्चार माध्यममा कति र कस्ता स्थान पाउँछन ? भन्ने कुरामा पनि उनको मधेश प्रदेशमा उपस्थिती तय हुनेछ ।