एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २५ : जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई गठबन्धनमा ल्याए जसपाले स्वागत गर्ने बताएका छन् । जनकपुरधाममा प्रेस मञ्च धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पुर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले फुटेर होइन जुटेर मधेश विकासका लागि एकतावद्व हुन आहवान समेत गरेका छन् ।
केपि ओलीको जालझेलमा फँसेर उहाँहरु अलग हुनु भयो फुटको परिणाम आज हामीसंगै छ त्यसैले अगामि निर्वाचनमा पुनः एक भएर जाँउ उनले लोसपाका नेताहरुलाई सम्बोधन गर्दै भने । उनले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न तयार रहेको बताए ।
अध्यक्ष यादवले यस अघि निर्वाचन क्षेत्र निर्धारण हुँदा मधेशको जनसंख्या मात्र ४६ प्रतिशत रहेको र अहिले बढेर ५३ प्रतिशत भएको भन्दै ५३ प्रतिशत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताएका छन् । चुनाव अगाडि नागरिकता विद्ययेक पारित गरि सजह नागरिकता वितरणको व्यवस्था र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने उनको अडान छ ।

संविधानको समाजिक न्याय सम्बोधन गर्ने समानुपातिक प्रणाली गलत रहेको भन्दै उनले एक सिट मात्र पाउने दलले वर्चश्ववाला वर्गलाई भन्दा पिछडिएका वर्ग र समुदायलाई अनिवार्य अवसर दिने गरि सुचिकरण व्यवस्था गनुपर्नेमा यादवको जोड थियो ।





