एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ५ : धार्मिक एवं ऐतिहासिक नगरी जनकपुरधाममा पर्यटन प्रवद्र्धनका लागि होटल रेष्टुरेन्ट खुल्ने क्रम जारी छ । यसै क्रममा थप एउटा सुविधासम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्थानीय पिडारी चोकमा १ करोड १० लाखको लागनीमा ‘परिवार द फूड ल्याण्ड’ नामक फ्यामिली रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
नयाँ वर्षसँगै सञ्चालनमा आएको रेष्टुरेन्टको आइतबार पूर्व स्वास्थ्य राज्यमन्त्री तथा महोतरीवाट प्रतिनिधीसभा सांसद डा.सुरेन्द्र कुमार यादवले उद्घाटन गरेका छन् । पर्यटकलाई लक्षित गरी होटेल सञ्चालन नभएको अवस्थामा ‘परिवार द फूड ल्याण्ड’ सञ्चालनमा ल्याइएको होटेलका सञ्चालक पप्पु कुमार यादवले जानकारी दिए ।

३ तल्ले होटेलमा अत्याधुनिक लिभिङ्ग रुमका साथै रेस्टुरेन्टको पनि व्यवस्था रहेको छ । सञ्चालक यादवले भने, ‘यहाँ पार्किङको व्यवस्था हुनुका साथै २४ सै घन्टा तातो–चिसो पानीको व्यवस्था र इन्टरनेटको सुविधा उपलब्ध गराइने छ ।’ जनकपुरधामका युवाहरु पप्पु कुमार यादव, विजय कुमार साह र सुनिल कुमार साहले संयुक्त रुपमा लगानी गरी होटेल सञ्चालनमा ल्याएका छन् ।