एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : आईएमई लाइफ इन्सोरेन्स धनुषाले धनुषाको लक्ष्मीनियाँ गाँउपालिकाको सिनुरजोडामामा बिमा जागरण अभियानको आयोजना गरेको छ । इन्सोरेन्स धनुषा शाखाको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले बिमा अति उपयोगी र सुरक्षित योजना रहेको बताए ।
इन्सोरेन्स प्रदेश २ का प्रमुख रवि शंकर सर्राफले बिमा आफनो र परिवारजनका लागि मात्र नभई जिवन रहँदा पनि जिवन पश्चात पनि कसैका लागि काम लाग्ने भएको बताएका थिए । लक्ष्मीनियाँ गाँउपालिकाको वडा नं. २ का अध्यक्ष गणेश कुमार यादवले पनि वडामा बिमा जागरण आवयश्क रहेको बताए ।
बिमाले बचत पनि हुने र सुरक्षा पनि हुने भएकाले घर घर बिमा गर्नु पर्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा एजेन्सी म्यानेजर सियाराम साह, इन्सोरेन्स धनुषा शाखा प्रमुख संजिव कुमार साह, स्थानिय अगुवा लक्ष्मोनियाँ देवी सदा, प्रमिला दास सहितको उपस्थिती थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !