एसपी रिपोर्टर
जनकपुरधाम, असोज १२ : जनकपुरधाम सहित नेपालमा एकैसाथ चर्चित मोबाइल कम्पनी एमआईको स्मार्ट टिभी विक्रि वितरणको थालनी भएको छ । जनकपुरधामको भानुचौक स्थित देवी इन्टरप्राइजेज प्रा.लीले स्मार्ट टिभी विक्रि वितरण सुरु गरेको छ । नेपालमै पहिलो पटक आज देखि सुरु भएको विक्रि वितरण जनकपुरधामवाटै भएको विक्रेता देवी इन्टरप्राइजेज प्रा.ली.का रक्की साहले बताए ।
प्रा.ली. सो स्मार्ट टिभीको आधिकारिक विक्रेताको जिम्मेवारी समते पाएको छ । अर्डर अनुसार कुनै पनि मोडलको स्मार्ट टिभी प्रा.ली.ले उपलब्ध गराउने जानकारी साहले दिए । साहले केक काटेर विक्रि वितरणको शुभारम्भ गरे । समारोहमा जनकपुरधाम उद्योग बाणिज्य संघको महासचिव जितेन्द्र महासेठ, जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र साह, युवा नेता युवा कृष्णा सिंह सहितको उपस्थिती थियो ।