एसपी रिपोर्टर
जनकपुरधाम, असोज ३१ : जनकपुरधाम उद्योग बाणिज्य संघले धनुषा प्रहरी लुटपाटको शैलीमा आएर व्यापारीको गरगहना लिएर जान खोज्दा घटना भएको बताएको । संघका अध्यक्ष प्रहरीको आक्रमणमा परि घाइते भएर आईसीयूमा भर्ना भएपछि बसेको आकस्मिक बैठक पछि संघद्वारा जारी विज्ञप्तीमा प्रहरी बिना आधार प्रमाण र प्रक्रिया पसलमा आएर गरगहना लिएर जान खोजेको भन्दै लुटपाटको आरोप लगाइएको छ ।
जउनपा ५ स्थित संजय पायल ज्वेलर्समा करिव सावा छ बजे धनुषाका प्रहरी नायव निरिक्षक गणेश बम नेतृत्वको टोली पुगेर तिजोरीमा रहेको चाँदी र काउन्टरको गर गहना लिएर जान खोज्दा पसले संजय ठाकुर र तुरुन्तै पुगेको संघका अध्यक्ष भण्डारीले छापा हान्न कुन निकायको आदेश वा पत्राचार भएको हो बुझन खोजेको र प्रहरीले नमानेपछि लैजान लागेको गरगहना मुचुल्का गरेर मात्र लैजान दिने व्यापारीहरुको अडान पछि प्रहरीद्वारा सांघातिक आक्रमण गरिएको आरोप विज्ञप्तीमा लगाएको छ ।

संघले प्रहरीको शुक्रवारको कार्यशैलीले सुरक्षाकर्मीबाट असुरक्षाको वातावरणको सृजना महशुस भएको भन्दै घटनामा संलग्न दोषि प्रहरी कर्मचारीहरु उपर कारवाही नभए आन्दोलनमा जाने चेतावनी संघको छ ।
हेर्नोस् विज्ञप्ती




