एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १४ :
प्लाइ उद्योगको क्षेत्रमा स्थापित र विश्वासिलो नेपाली कम्पनि सेन्चुरी प्लाई इन्डस्ट्री प्रालिले नयाँ प्रकारका प्लाइ जनकपुरधाम बजारमा ल्याएको छ । गर्जन वुड ब्रान्डअन्तर्गत ती प्लाइहरु कम्पनिले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै जनकपुरधाममा सो प्लाइ सार्वजनिक गरेको हो ।

कम्पनिका नेशनल सेल्स हेड दिवाकर झाका अनुसार सेन्चुरी प्लाईले इ–जिरो तथा एफआर प्लाई जनकपुरधाम बजारमा ल्याएको हो ।
झाका अनुसार सेन्चुरी प्लाई यस ब्राण्डका प्लाइ उपभोक्ताको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राखेर ल्याएको हो । इ–जिरो प्लाई वातावरण मैत्री रहेको र एफआर प्लाइ आगो प्रतिरोधी, ग्याँसरहित र अत्यन्तै मजबुत भएको उल्लेख गर्दै, आगलागीको जोखिम कम गर्ने उद्देश्यले उत्पादन गरिएको झाले जानकारी दिए । यसका साथै कम्पनीले सिद्धार्थ इन्सोरेन्ससंग मिलेर इन्सोरेन्सको समेत व्यवस्था गरेको बताए ।

जनकपुरधाममा आयोजित सो कार्यक्रममा जानकी हेल्थ केयरका संचालक एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, कम्पनीका निर्देशक विकास अग्रवाल, हर्ष प्रभु तथा जनकपुरधामका डीलरहरु साह ग्लासको तर्फबाट प्रियांशु साह र प्रधान प्लाई ग्लास हाउसको तर्फबाट मनोज प्रधानको उपस्थिति रहेको थियो ।