एसपी रिपोर्टर
जनकपुरधाम, असार २१ :
जनकपुरधाम आलु प्याज व्यवसायिक संघको साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । संघको अध्यक्षमा सुरज साह निर्वाचित भएका छन् भने उपाध्यक्षमा अजय साह विजयी भएका छन् । अध्यक्षमा सुरजले ध्र्रुव साहलाई पराजित गरे भने अजयले धर्मेन्द्र साहलाई पराजित गरेर विजयी भएका छन् । बाँकी पदहरूमा उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् ।

मो. अलाउदीन राईनको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले गरे । प्रमुख अतिथि भण्डारीले संघको भावी नेतृत्वप्रति विश्वास व्यक्त गर्दै सहकार्यको प्रतिबद्धता जनाए ।
संघको सचिवमा मनोज साह, सह–सचिवमा संजय साह र कोषाध्यक्षमा सिकेन्द्र साह निर्विरोध निर्वाचित भए ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोज साह, महासचिव फुुलदेव पण्डित, कोषाध्यक्ष प्रमेश्वर साह, पूर्व अध्यक्ष जितेन्द्र महासेठ लगायत संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति थियो ।



