एसपि रिपोर्टर
जनकपुरधाम, असार १३ :

जनकपुरधाममा यामहाको एक्सचेन्ज मेला जारी छ । जनकपुरधामको बाह्रबिघा मैदानमा असार ११ गतेदेखि सुरु भएको एक्चेन्ज मेला १७ गत्ते सम्म चल्ने आयोजकले जनाएको छ । एक्सचेन्ज मेलामा यामहाको जस्तो सुकै कर बुझाएको मोटरसाईकललाई ५० हजार तथा अन्य कम्पनीको जस्तोसुकै कर बुझाएको मोटरसाइकललाई कम्तीमा २५ हजार मूल्य दिनुका साथै भैल्यु एडिसन १० हजार प्रदान गरिने जनाइएको छ ।

त्यस्तै फाईनान्सको व्यवस्थाका साथै, मोटरसाईकलको लेग गार्ड, हेल्मेट, ब्यागलगायतका अन्य एसेसीरिजहरु पनि निःशूल्क पाउन सकिने आयोजकले जनाएको छ । यो एक्सचेन्ज मेलाले ग्राहकमा उत्साह देखिएको दावी गरिएको छ ।