एसपि रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
जनकपुरधामको भ्रमरपुरा चोकमा रहेको आर एन मोटर्सले टिभिएस कम्पनीको १२५ सिसिको ‘स्ट्राइकर’ मोटरसाइकल पुनः बजारमा ल्याएको छ करिब १९ महिनादेखि बन्द रहेको यो मोटरसाइकलमा अहिले नयाँ फिचरहरू थप गरेर पुनः विक्री सुरु गरिएको हो।
आर्यन मोटर्सका संचालक रामवालक महतो संजीवका अनुसार ग्राहकहरूले फेरी माग गरेपछि यो मोटरसाइकल पुनः बजारमा ल्याइएको हो । अबको स्ट्राइकरमा यात्रुहरूलाई सहज हुने मोबाइल चार्ज गर्ने पोर्ट राखिएको छ । त्यसैगरी, मोटरसाइकलको स्थिति एक स्विचमार्फत सजिलै थाहा पाउने सिस्टम पनि राखिएको छ ।
ईन्धन खपतको हिसाबले हेर्दा, यो मोटरसाइकलले एक लिटर पेट्रोलमा ५५ देखि ६० किलोमिटर यात्रा गर्न सक्छ । कम्पनीले यसको इन्जिनमा आजीवन ग्यारेन्टी दिएको छ, जसले ग्राहकमा थप विश्वास जगाउने अपेक्षा गरिएको छ ।
मोटरसाइकलका पार्टपुर्जा सजिलै उपलब्ध छन् र सर्भिस पनि सहज छ । कम्पनीका अनुसार नेपालभरि हरेक महिना ५०० भन्दा बढी युनिट बिक्री हुने गरेको छ ।
शुभारम्भ कार्यक्रममा टिभिएस कम्पनीका रिजनल म्यानेजर सुरेन्द्र महतो, सुनिल महतो, प्रदेश २, १ र बागमती प्रदेशका सर्भिस म्यानेजर केशव झा लगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागी भएका मिस्त्रीहरू (म्याकेनिक) ले यो मोटरसाइकलको माग अहिले पनि धेरै रहेको बताएका थिए ।