एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १४ : 
टिभिएस मोटरसाइकलको जनकपुरधामस्थित अधिकृत बिक्रेता आर्यन्स अटो मोबाईल्सले आइतबारदेखि ‘एक्सचेन्ज मेनिया अफर’ सुरु गरेको छ। उक्त अफर वैशाख १९ गतेसम्म जनकपुरधामको बाह्रविघा मैदानमा सञ्चालन हुनेछ।
आर्यन्स अटो मोबाईल्सका सञ्चालक रामबालक महतोका अनुसार, एक्सचेन्ज मेनिया अफर अन्तर्गत कुनै पनि कम्पनीका मोटरसाइकल कुनै पनि अवस्थामा एक्सचेन्ज गर्न सकिने व्यवस्था गरिएको छ। उनले कुनै पनि अवस्थामा रहेको मोटरसाइकलको न्यूनतम भ्यालुएसन रु ३०,००० हुने जानकारी दिए।
सञ्चालक महतोका अनुसार, नयाँ मोटरसाइकल खरीद गर्दा ग्राहकहरूले १ लाख रुपैयाँसम्मको नगद छुट (क्यास डिस्काउन्ट) प्राप्त गर्न सक्नेछन्। साथै, शून्य प्रतिशत वार्षिक ब्याजदरमा २४ महिनासम्म किस्ताबन्दी (ईएमआई) सुविधाको व्यवस्था पनि गरिएको छ।
त्यसैगरी, मोटरसाइकल एक्सचेन्ज वा नयाँ मोटरसाइकल खरीद गर्ने ग्राहकहरूलाई हेलमेट, बाइक कभर लगायतका एसेसरीहरू निःशुल्क प्रदान गरिनेछ। साथै, दुई वर्षसम्म स्पेयर पार्ट्स, इन्जिन आयल र सर्भिसिङ निःशुल्क गरिने सञ्चालक महतोले जानकारी दिए।