एसपी रिपोर्टर
काठमाणडौं, वैशाख ८ : सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रुपैयाँ पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो।
अघिल्लो दिनको तुलनामा आज सुनको मूल्यमा १ हजार २ सय रुपैयाँको वृद्धि भएको हो। आइतबार सुन प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि बिहीबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँको दरले सुन कारोबार भएको थियो, जुन त्यसबेला सम्मको उच्च रेकर्ड थियो।
यता, चाँदीको मूल्य भने केही दिनयता स्थिर रहेको छ। आज पनि प्रतितोला १ हजार ९६० रुपैयाँमै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।


