एसपी रिपोर्टर
काठमाणडौँ, चैत्त २२ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। अघिल्लो दिन तोलामा १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य शुक्रबार घटेर १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन कीर्तिमान कायम गरेको सुनको मूल्य फेरि घटेको हो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ पुगेको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ।