एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ :
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ, जसअघिल्लो दिन बिहीबार १ लाख ७६ हजार रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ।