एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ : नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ, जसअघिल्लो दिन बिहीबार १ लाख ७६ हजार रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा २ हजार ३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ।