एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : मंगलबार सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ।
अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १,१०० रुपैयाँले बढेर १,७५,२०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य १,७४,१०० रुपैयाँ थियो। यसअघि गत शुक्रबार सुनको भाउ १,७४,५०० रुपैयाँको उच्च रेकर्डमा पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला २,०४० रुपैयाँ रहेको चाँदी आज २,०५० रुपैयाँ पुगेको छ, जसले १० रुपैयाँको वृद्धि देखाएको छ।