एसपी रिपोर्टर
काठमाडौँ, चैत १ : सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलाको १,७४,५०० रुपैयाँ पुगेको छ, जसले नयाँ कीर्तिमान बनाएको हो।
पछिल्लो कारोबार भएको दिन, अस्ति बुधवार, सुनको भाउ तोलाको १,७०,५०० रुपैयाँ थियो। आज मात्रै सुनको भाउ ४,००० रुपैयाँले वृद्धि भएको छ। यसअघि फागुन १३ गते सुनको भाउ अहिलेसम्मकै उच्च विन्दु १,७१,३०० रुपैयाँ पुगेको थियो।
यस हप्ताको पहिलो दिन, आइतवार, सुनको भाउ १,७०,३०० रुपैयाँ थियो। हप्ताको पहिलो र अन्तिम दिनको तुलना गर्दा ४,२०० रुपैयाँको वृद्धि भएको देखिन्छ।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। महासङ्घका अनुसार, आज चाँदीको मूल्य ५० रुपैयाँले बढेर तोलाको २,०५० रुपैयाँ पुगेको छ।