एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २८ :
जनकपुरधामको प्रसिद्ध मिठाई पसल लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सले आफ्नो तेस्रो शाखा विस्तार गर्दै जनकपुरधामको तपसी चोकमा नयाँ शाखा खोलेको छ। बुधबार आयोजित एक कार्यक्रमका बीच संस्थापक लालबाबु साह र रामदुलारी देवी साहले रिबन काटेर शाखाको उद्घाटन गरे।
सो अवसरमा सञ्चालक बीरेन्द्र साहले भने, “हामी यहाँ ५१ प्रकारका शुद्ध र गुणस्तरीय मिठाई तथा अन्य परिकारहरू उपलब्ध गराउँछौं। यो तेस्रो शाखा विस्तारसँगै गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्छौं। ” उनले थपे, “यो शाखा पनि हाम्रा अन्य शाखाजस्तै उत्कृष्ट सेवा प्रदान गर्नेछ।”
लडडु गोपाल स्विट्स एण्ड स्न्याक्सको पहिलो शाखा जनकपुरधामको क्याम्पस चोकमा तथा दोस्रो शाखा जनकपुरधाम विमानस्थलमा स्थापना गरिएको थियो। ५० लाखको लगानीमा स्थापना गरिएको तेस्रो शाखासहित हाल तीनवटै शाखामा ५१ जना कर्मचारीलाई रोजगार प्रदान गरिएको छ।