एसपी रिपोर्टर
काठमाणडौं,२८ फागुन : नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढाएर १ लाख ७० हजार ५ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन सुनको मूल्य १ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले वृद्धि भएर २ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी १ हजार ९७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।



