एसपी रिपोर्टर
काठमाणडौँ, फागुन २५ :
नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ पुगेको छ, जुन शुक्रबारको मूल्यभन्दा १०० रुपैयाँले बढी हो।

यस्तै, चाँदीको मूल्य भने घटेर तोलाको १ हजार ९८५ रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको मूल्य १ हजार ९९० रुपैयाँभन्दा ५ रुपैयाँले कम हो।