एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन २० : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १,४०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ६८ हजार १०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर १ लाख ६९ हजार ५०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। अघिल्लो दिन तोलामा १,९१५ रुपैयाँ रहेको चाँदी मंगलबार बढेर १,९४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


