एसपी रिपोर्टर
काठमाण्डौं, फागुन १६ :
शुक्रबार सुनको भाउ तोलामा २२ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ थियो ।त्यस्तै चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँ कायम भएको छ ।