एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ : भाग्य लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालनक समिति चयन भएको छ । जनकपुरधाममा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट बजरंग यादवको अध्यक्षतामा नव सञ्चालक समिति सर्वसम्मत चयन भएको हो ।
सात सदस्यीय सञ्चालक समितिका साथै लेखा संयोजकमा महेन्द्र राय, श्रृण समिति संयोजकमा विश्वराज यादव सहित कानुनी र सल्लाहकार समिति समेत चयन गरिएको छ । सहकारी संघका अध्यक्ष ध्रुव नारायण यादवको विशेष उपस्थितीमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रमेश्वर साह सहित समाजिक अगुवाहरुको सहभागितामा भएको साधारणसभा भब्यताका साथ सम्पन्न भएको अध्यक्ष यादवले बताए ।