एसपी रिपोर्टर
जनकपुरधाम, पुष १३ :
जकपुरधाममा सुविधा सम्पन्न नोचा रिर्सोट सञ्चालनमा
जनकपुरधामको प्रख्यात नोचा पोखर स्थलमा सुविधा सम्पन्न नोचा रिसोर्ट होटल सञ्चालनमा आएको छ । आन्तरीक तथा वाह्यि पर्यटकको उचित बस्ने र खाने व्यवस्था भएको उक्त रिर्सोटमा एसी÷नन एसी अट्याच रुम संगै साकाहारी तथा मांसाहारी खानाको व्यवस्था रहेको होटलका संचालक राम बाबु साहले जानकारी दिए ।
रिर्सोटमा विवाह, पार्टी, फङसनलगायतका लागि हलको व्यवस्थासमेत रहेको सञ्चालक साहले बताए । नोचा पोखरीमा पिकनिक मनाउन आउनेहरुका लागि चाहिने सरसामान पनि यहाँ उपलब्ध रहेको उनले जानकारी दिए । केही वर्षदेखि नोचा पोखरी आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । यहाँ दिनहु सयौंको संख्यामा पर्यटकहरु आउने गर्छन भने नयाँ सालको समयमा हजारौंको भिड हुने गर्छ ।