एसपी रिपोर्टर
जनकपुरधाम, साउन १८ :
जनकपुरधाममा ग्राहकलाई शुद्ध मिठाईका परिकारहरु पस्कने उद्देश्यले एक पसलको उदघाटन गरिएको छ । यस अघि जनकपुरधाममा दुई वटा संचालनमै रहेको श्रीराम स्वीट्स एण्ड लस्सीको तेस्रो शाखाको उदघाटन गरिएको हो । सो पसलको उदघाटन जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले गरे ।
श्रीराम स्वीट्स एण्ड लस्सीमा दूधका परिकारहरुको साथै मिठाईका विभिन्न परिकार सेवाग्राहीलाई उपलब्ध गराइने संचालक छोटेलाल गुप्ताले जानकारी दिए । जनकपुरधाममा मूल्यमा एकरुपता नरहेको समयमा ग्राहकलाई असर नपर्ने गरी उचित मूल्यमा मिठाईका विभिन्न परिकारहरु उपलब्ध गराइने उनले प्रतिवद्धता व्यक्त गरे ।