एसपी रिपोर्टर
जनकपुरधाम , साउन १७ :
जनकपुरधाम उद्योह वाणिज्य संघको हुन लागेको निर्वाचनमा परमेश्वर साहले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
वर्तमान कोषाध्यक्ष रहेका साह फेरि सोही पदमा उम्मेदवारी दिने गरि घोषणा गरेका हुन । एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले कोषाध्यक्षमा आफ्नो कार्यकुशलता देखेर व्यापारी साथीहरुको आग्रहमा सोही पदमा दोहरिन लागेको बताए । जनकपुर उद्योग वाणिज्य संघमा उनी एक कार्यकाल सदस्य समेत रही सकेका छ्न ।
भादव २९ गते १३ सदस्यीय कार्यसमितिकालागि जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन हुन लागेको छ ।