एसपी रिपोर्टर
जनकपुरधाम, असार ९ : जनकपुरधाम उद्योग बाणिज्य संघको अध्यक्ष पदका प्रत्यासीका रुपमा चर्चामा रहेका पुर्व उपाध्यक्ष सुरेन्द्र भण्डारीले समयमै संघको सदस्यता नविकरणका लागि व्यापारी वर्गलाई आग्रह गरेको छ । व्यापारी, उद्योगी र व्यापारको समग्र हितका लागि संघमा उर्जावान नेतृत्व चयनका लागि संघ अगामि भदौमा निर्वाचनको तयारीमा रहेका बेला भण्डारीले यस्तो आग्रह गरेका हुन ।
अझै चार दिन वाँकी छ, उनले भने, ‘छुटेका सम्पुर्ण उद्योगी व्यवसायीहरुलाई समयमै सदस्यता नविकरणका लागि अग्रसर हुन अनुरोध गर्दछु ।’ गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा झिनो मतान्तरले पराजित भएका भण्डारीले अध्यक्ष पदमा उम्मेदवार हुने बताइरहेका छन् । व्यापारी एकता र संघको गरिमा बचाउनका लागि कोहि पनि सदस्यता नविकरणमा छुटन नहुने उनको तर्क छ ।
अध्यक्ष पदमा उनका आलावा वर्तमान वरिष्ठ उपाध्यक्ष मनिष रमण साह र पुर्व वरिष्ठ उपाध्यक्ष जितेन्द्र साहको पनि चर्चा छ । नेकपा एमालेका नगर अध्यक्ष समेत रहेका भण्डारी होटल शुभम तथा भान्सा घरका सञ्चालक तथा होटल व्यवसायी संघ मधेश प्रदेशका उपाध्यक्ष पनि हुन ।