एसपी रिपोर्टर
जनकपुरधाम, पुष २८ :
बजाज मोटरसाइकल पल्सर माइलेज चैम्पियन्स विजेता विजयकुमार महरा बन्न सफल भएका छन् । जनकपुरधाम मुजेलिया स्थित बजाज कम्पनी मोटरसाइकलका अधिकृत विक्रेता ओम अटो मोबाइल्सले शनिवार आयोजना गरेको बजाज माइलेज चैम्पियन्स प्रतियोगितामा महराले सबैभन्दा बढी माइलेज निकालेर विजेता बनेका हुन् ।
प्रतियोगितामा भाग लिने प्रतियोगीहरुलाई ओम अटोमोबाइल्सले पल्सर १२५ सिसिको मोटरसाइकल पचास एमएल पेट्रोल उपलब्ध गराएको थियो । सो मात्राको पेट्रोलमा सबभन्दा बढी माइलेज दिने प्रतियोगीलाई पुरस्कृत समेत भएका छन् । जनकपुरधामको बारह विघा (रंगभूमि) मैदानमा बिहान १० बजेदेखि ५ बजेसम्म आयोजित सो प्रतियोगितामा ११० जना मोटरसाइकल चालक सहभागी मध्ये महराले ७२ किलोमीटरको प्रति लिटरको दरले माइलेज दिएर प्रथम हुन सफल भएका हुन ।
दोश्रो स्थान विनयकुमार यादव र तेश्रो स्थान गोविन्द कुमार साहले प्राप्त गरेका छन् । विनयले पनि ७२ किलोमीटरको प्रति लिटरको दरले माइलेज निकालेका थिए । विनज र विजय दुवैको माइलेज दर टक्राउन जाँदा गोलाप्रथा मार्फत विजयलाई प्रथम घोषणा गरिएको थियो । विजयी प्रतियोगी मध्ये प्रथम हुनेलाई ७ हजार, दोश्रोलाई ५ हजार र तेश्रो स्थान प्राप्त गर्नेलाई ३ हजार रुपैया नगद र ट्रफी सहित पुरस्कृत गरिएको ओम अटोमोबाइल्सका संचालक संतोषकुमार साहले जानकारी दिएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य आकाशिदै गईरहेको अवस्थामा यस प्रकारको प्रतियोगिताले बजाजका पल्सर मोटरसाइकलप्रति प्रयोगकर्तामा विश्वास बढ्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको साहले बताए ।