एसपी रिपोर्टर
जनकपुरधाम, पुष १५ : नेपाल औषधि व्यवसायी संघ (ल्ऋम्ब्) धनुषाको अध्यक्षमा प्रमोद अग्रवाल पप्पु निर्वाचित भएका छन् । जनकपुरधाममा भएको व्यवसायीहरुको भेलाले अग्रवालको नेतृत्वमा १३ सदस्सीय नव कार्यसमिति चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राज किशोर साह, उपाध्यक्ष (थोक)मा सन्तोष कुमार साह, उपाध्यक्ष(खुद्रा) तर्फ रामनाथ प्रसाद साह र महासचिवमा डा. सरोज राय यादव चयन भएका छन् । त्यसैगरि कोषाध्यक्षमा चन्द्रभुषण प्रसाद साह, सचिवमा मनीशंकर प्रसाद साह, सहकोषाध्यक्षमा विनोद पजियार रहेका छन् ।
सदस्य (थोक) प्रमोद कुमार ठाकुर, सदस्य (खुद्रा) जय शंकर साहका साथै अन्य तिजना सदस्यहरुमा मनोहर ठाकुर, संजय जलान र धैर्यकान्त झा चयन भएका छन् ।





