एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर १४ :
व्यवसायिक सोच प्रमाणिकरण ५ दिने बुटक्याम्प जनकपुरधाममा सम्पन्न भएको छ । मधेसमा रहेको कृषि समस्याको समाधान खोज्ने उद्देश्यले अन्तर प्रेरणा र इसिमोडको आयोजनामा ५ दिने बुटक्याम्प सम्पन्न भएको हो ।
क्याम्पमा मधेसको कृषि समस्या समाधानका लागि १५ जना युवाहरुको आइडियालाई समेटेर बुटक्याम्पको आयोजना गरिएको प्रेरणा कार्यक्रमका प्रोजेक्ट म्यानेजर अशिम श्रेष्ठले जानकारी दिए ।
उनले ४० भन्दा बढी युवाहरु आफ्नो आइडिया सहित फारम भरेकोमा १५ उत्कृष्ट आइडिया भएका युवाहरुलाई सहभागी गराइएको बताए । अब १५ मध्ये केही उत्कृष्ट आइडियाहरुलाई छनौट गर्ने र ती आइडियाहरु मधेसको कृषि क्षेत्रमा रहेको अति पानी अल्प पानी लगायतको समस्या समाधान गर्न सहायक सिद्ध हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।कार्यक्रममा उद्योग तथा पर्यटन मन्त्री सुनिता यादव, जनकपुरधाम उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष मनिषरमण साह, एनवाइइएफका अध्यक्ष सोनु साह लगायतले मन्तव्य राखेका थिए ।